कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर ९ २०८१
2.4K
SHARES
९ मंसिर काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनलाई पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (४) बमोजिम कोषाध्यक्ष बनाइएको हो । कांग्रेसमा केन्द्रीय समिति सदस्यलाई कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ ।पार्टीको १४औँ महाधिवेशन सम्पन्न भएको तीन वर्षपछि कोषाध्यक्ष मनोनयन गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट