सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०८१
5K
SHARES

९ मंसिर काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।