प्रधानमन्त्रीले मन्त्री र सचिवहरूसँग मन्त्रालयगत कामको समीक्षा गर्ने


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०८१
2.2K
SHARES

१२ मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरूको त्रैमासिक समीक्षा गर्ने भएका छन् । सरकारलाई प्रभावकारी बनाउनको लागि प्रधानमन्त्री ओलीले सबै मन्त्रालयहरूबाट भए-गरेका कामको समीक्षा गर्न लागेका हुन् ।मन्त्रालयको प्रगति विवरण माग्नका लागि आज सबै मन्त्री र सचिवहरूलाई ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबार बोलाएको सचिवालयले जनाएको छ ।

कांग्रेस र एमाले मिलेर सरकार बनाएको चार महिना कटिसक्दा पनि अपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा प्रधानमन्त्रीले मन्त्रालयको कामको समीक्षा गर्न लागेका हुन् ।यसअघि नै प्रधानमन्त्रीले सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् ।