बीआरआई अनुदानमा हुन्छ – परराष्ट्रमन्त्री राणा


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०८१
2K
SHARES

१३ मंसिर काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी आज त्यसतर्फ लागेकी हुन् ।उनी सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ जाने छिन् ।उनको बिदाईका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।

बीआरआईबारे कांग्रेस-एमालेबीच मतभिन्नता छ भन्ने मिडियाले सिर्जना गरेको उनले टिप्पणी गरिन् । यसलाई एकरुपताको साथ अघि बढाउन दुई दलीय टीमले काम गरिरहेको उनले बताइन् ।परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने भन्दै उनले बीआरआईसम्बन्धी अनुदान सम्झौता हुने बताइन् ।