अब माओवादी र नेसपाबीच पार्टी एकता हुदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०८१
15.3K
SHARES

१४ मंसिर काठमाडौ । नेकपा (माओवादी केन्द्र) र महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) बीच चाँडै पार्टी एकता हुने भएको छ ।यस सम्बन्धमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेसपा सह-अध्यक्ष गंगानारायण श्रेष्ठबीच प्रारम्भिक छलफल भएको छ ।

शुक्रबार साँझ दाहाललाई भेट्न श्रेष्ठ खुमलटार नै पुगेका थिए । भेटमा पार्टी एकताबारे छलफल भएको श्रेष्ठले बताए ।अहिल्यै धेरै कुरा भन्दा हतार हुन्छ । तर, पार्टी एकताकै बारेमा छलफल भयो,’ श्रेष्ठले भने ।

पार्टी एकताको मोडलबारे जिज्ञासा राख्दा श्रेष्ठले मुख्य रूपमा छलफल हुनै बाँकी रहेको बताए । तर, पार्टी एकता मंसिर १६ को स्थानीय तह उपनिर्वाचलगत्तै हुने बताए ।चुनावलगत्तै पार्टी एकता गर्नेगरी तयारी गरिरहेका छौँ । १९/२० गतेतिर केही आउन सक्छ,’ श्रेष्ठले भने ।

त्यसो त माओवादी केन्द्र र यादव-श्रेष्ठ पक्षीय नेसपाबीच यसअघि नै पार्टी एकता हुने भनिएको थियो । तर, अहिलेसम्म हुन सकेको थिएन । तर, अब भने चाँडै हुने श्रेष्ठले बताए ।