आज शोक बिदा
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर १६ २०८१
4.2K
SHARES
१६ मंसिर काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक बिदा छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको दुर्घटनामा निधन भएकाले आज गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीले आज आइतबार गाउँपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरु, शैक्षिक संस्थाहरुमा समेत शोक बिदा दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार कार्यालयहरुबाट अत्यावश्यक सेवा प्रवाह भने हुनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट