प्रचण्डको निर्बाचन क्षेत्रमा फरायो लाल झन्डा


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१
3.2K
SHARES

१७ मंसिर काठमाडौँ । गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगर निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका भाइकाजी आलेलाई ८४ मतले हराउँदै मगर निर्वाचित भएका हुन् ।निर्वाचित मगरले ४८६ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आलेले ४०२ मत पाए ।

यस्तै, नेकपा एमालेकी दुर्गामाया थापा राणाले ३४५ मत ल्याइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मंगलबहादुर थापाले ८२ मत ल्याए ।०७९ को निर्वाचनमा यस वडामा नेकपा (एमाले)का खिलबहादुर निर्वाचित भएका थिए । यो क्षेत्र माओवादी केन्द्र अध्यक्ष प्रचण्डको पर्छ ।