फेरि रातो मान्छे भएर उभिन तयार छु – पूर्वउपराष्ट्रपति पुन


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १९ २०८१
7K
SHARES

१९ मंसिर काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले देशले प्राप्त गरेको उपलब्धिहरू कसैले उल्ट्याउन खोजे फेरि रातो मान्छे भएर उभिन तयार भएको बताएका छन् ।बुधबार गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘गणतन्त्रको योद्धा भएको कारणले भोलि कुनै प्रतिक्रियावादीहरूले जाल षड्यन्त्र गरेर यसलाई उल्टाउन चाहन्छन्, प्राप्त उपलब्धिहरूलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक, समावेशी र संघीयतालाई कतै दायाँबायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु,’ उनले भने ।

साथै, उनले विगत जे जस्तो भएपनि त्यो भन्दा अर्को उचाइबाट नेतृत्व गर्नसक्ने आँट पलाएर आउने पनि जिकिर गरे ।विगतमा मैले जे जे गरेँ, त्यो भन्दा अर्को उचाइबाट नेतृत्व गर्न सक्छु भन्ने मलाई भित्रैबाट पलाएर आउँछ । त्यो आँट र साहस मसँग छ,’ पुनले भने ।