अखिल (क्रान्तिकारी)को सम्मेलनबारे निर्णय गर्न माओवादीको पदाधिकारी बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर १९ २०८१
7K
SHARES
१९ मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । भोलि (बिहीबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए । बैठक बिहान प्रचण्ड निवास खुमलटारमा बस्ने तय भएको छ । बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ ।
अखिलको गत १९ गते स्थागित भएको राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने बताइएको थियो । पूर्वनिर्धारित समय अनुसार राष्ट्रिय सम्मेलनका लागि तयारी नभएको नेताहरूले बताएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट