रविलाई राज्यले प्रतिशोध साँधेर दुःख दिएको छ – डा. बाबुराम भट्टराई


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०८१
5.5K
SHARES

२१ मंसिर पोखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका छन् ।कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई शुक्रवार बिहान भेटेर फर्किने क्रममा डा।भट्टराईले राज्यले रविमाथि राजनीतिक प्रतिशोध साँधेको हो कि भन्ने आशंका लागेको समेत बताए ।

‘विभिन्न ढंगले एकपछि अर्को गरेर दुख दिने काम भइराखेको छ । यो अलि अस्वाभाविक र अन्याय पूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन यहाँ आएको हु,’ उनले भने ।