बढी बाेल्नेले आफूलाई सिध्याउँछ – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २२ २०८१
3.4K
SHARES

२२ मंसिर विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गगन थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताएका छन् । कांग्रेसकाे काेशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

यसअघि बोलेका महामन्त्री थापाले आफूले सभापति कम बोल्ने भएको कारण उहाँको पनि समय लिएर लामो समय बोलेको बताएका थिए । त्यसको विषयमा ठट्यौली शैलीमा मन्तव्य दिएका देउवाले भने, `बढी बोल्ने आफूलाई सिध्याउँछ, कम बोल्नेले अरूलाई सिध्याउँछ ।´