गोरखा – काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा चन्दन थापा


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २२ २०८१
5.9K
SHARES

२२ मंसिर काठमाडौ । गोरखा – काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा चन्दन थापा निर्वचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथित्यतामा उद्धघाटन भएको थियो ।

समितिको दोस्रो अधिबेशनबाट  थापाको नेतृत्वमा उपाध्यक्षहरूमा सिमाना कुमाल ,सुजन लामिछाने र प्रकास ढकाल सचिवमा चित्र भुजेल सहसचिव राजन बाबु श्रेष्ठ र कोषाध्यक्षमा कपिल भट्ट चयन भएका छन। सम्पर्क समन्वयका केन्द्रीय सदस्य विकास गुरुङले क्यापिटल हेडलाईनलाई ४२सदस्य निर्विरोध चयन भएको समेत बताए ।