सार्वजनिक बिदा बढी भयो कटौती गराैं – अमरेश सिंह


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०८१
4.7K
SHARES

२७ मंसिर काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सार्वजनिक विदा कटौती गर्नुपर्ने बताएका छन् ।बिहीवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सार्वजनिक विदा बढी भएका कारण सेवाग्राही नागरिकलाई समस्या भएको बताएका हुन् ।

उनले वर्षमा दुई महिना शनिवार मात्र पर्ने भएकाले सार्वजनिक विदा कटौती गर्नुपर्ने बताए । प्रदेश र स्थानीय तहहरुले आ—आफ्नै ढंगले विदा दिने प्रवृत्ति बढेको बताए ।  उनले कर्मचारीको लागि कार्यालय समयमा खाजा खानको लागि निश्चित समय छुट्याउनुपर्ने बताए । खाजा खाने बहानामा कर्मचारीहरु लामो समयसम्म कार्यालयमा नबस्दा सेवाग्राही मारमा पर्ने गरेको समेत उनले बताए ।