पत्रकार महासंघ ललितपुरमा प्रेस सेन्टरको प्यान नै विजयी
२९ मंसिर काठमाडौ । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा प्रेस सेन्टरको प्यान नै विजयी भएको छ। अध्यक्षमा रामहरि कार्की निर्वाचित हुँदा उनको प्यान नै विजयी भएको हो। कार्कीले दुई सय ४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रेस चौतारीका रमेशप्रसाद तिमिल्सिनाले ६३ मत मात्रै प्राप्त गरेका छन्।
उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान र कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन्।
सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा विजयी भएका निर्वाचन भएका छन् ।