विदेशी लगानी २० अर्बको प्रतिबद्धता


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २ २०८१
1.6K
SHARES

२ पुस काठमाडौ । चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले २० अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता पाएको छ। विदेशी लगानीकर्ताहरुले साउनदेखि मंसिरसम्म २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रुपैयाँबराबरको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका हुन्।

मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। ५ महिनामा स्वचालित प्रणालीबाट उनीहरुले २ अर्ब १३ करोड १ लाख ७ हजार रुपैयाँ बराबरको लगानी ल्याउने इच्छा गरेका छन्। मंसिरमा मात्रै स्वचालित प्रणालीबाट ५० करोड २७ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ।