एकीकृत समाजवादीमा प्रवेश गर्दै वामदेव गौतम


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २ २०८१
3.4K
SHARES

२ पुस काठमाडौं । पूर्वएमाले नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा भित्रिन तत्पर देखिएका छन् । एकीकृत समाजवादीले उनलाई भित्र्याउन पहल गर्ने निर्णय गरेसँगै उनले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।

आज बसेको पार्टी स्थायी कमिटीको बैठकले गौतमसँग कुराकानी अगाडि बढाउने निर्णय लिएको हो ।  गौतमले ‘आफू तयार रहेको’ बताए ।उनले भने, ‘म तयार नै छु । भोलि नै कुराकानी हुनसक्छ ।

बुझिएअनुसार गौतमलाई एकीकृत समाजवादीमा ‘वरिष्ठ नेता’ पद दिने समझदारी छ । उनी अध्यक्ष माधव नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन् । नेकपा एसको विधानमै ‘वरिष्ठ नेता’ को व्यवस्था छ ।