महासचिव मोहन वैद्यको ‘स्वास्थ्य अवस्था स्थिर’
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १४ २०८१
3.9K
SHARES
१४ पुस काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ केही दिनयता उपचाररत छन् । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालम उनी उपचाररत रहेको पार्टीले जनाएको छ ।
पार्टीका कार्यवाहक महासचिव गौरवले शनिबार जारी गरेको विज्ञप्तिमा वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ । “…उहाँको स्वास्थ्य अवस्था स्थिर छ । पार्टीका महासचिव कमरेड किरणको हामी शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” विज्ञप्तिमा लेखिएको छ ।वैद्यको स्वास्थ्य समस्याबारे विज्ञप्तिमा केही उल्लेख छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट