आज पुनः ७० अर्ब झिक्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १४ २०८१
2.2K
SHARES

१४ पुस काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट निरन्तर तरलता खिच्न थालेको छ। आइतबार केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ७० अर्ब खिच्न लागेको हो।

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।