माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्यो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १८ २०८१
3.3K
SHARES

१८ पुस काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेका छन् ।

पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरूसँग बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा उनले आगामी निर्वाचनका लागि यो महत्त्वपूर्ण संकेत भएको बताएका हुन् ।

यसपटकको उपनिर्वाचनमा कोशी प्रदेशमा जितेका स्थान र लोकप्रिय मत दुवै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ’, उनले भने, ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्त्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ ।’