साढे नौ अर्ब बीपी राजमार्ग पुनर्निर्माणमा लाग्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १९ २०८१
2K
SHARES

१९ पुस काठमाडौँ । सरकारले गरेको प्रारम्भिक अध्ययनअनुसार बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे ९ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

गत असोजमा आएको बाढी र पहिरोले यो राजमार्ग अन्तर्गत भकुण्डेदेखि नेपालथोकसम्म ठाउँठाउँमा क्षति भएको छ । यो राजमार्ग  पुनर्निर्माणका लागि कुल ९ अर्ब ६६ करोड रुपैयाँ लागत लाग्ने देखिएको भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले बताए ।