दलाल र हामीबीच भेद छुट्टिन गाह्रो भयो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २१ २०८१
3.5K
SHARES

२१ पुस काठमाडौ । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल वर्ग र आफूहरुबीचका भेद छुट्याउन समेत गाह्रो भएको भन्दै आफूहरु धेरै बिग्रिएको बताएका छन्।

आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘दलाल र नोकरशाही बर्ग र हाम्रो भेद छुट्टिन गाह्रो भयो,’ उनको भनाइ छ, ‘हामी कतै-कतै बिग्रेका छौँ।’

प्रचण्डले पहिले आफैभित्रबाट रुपान्तरण भएर मात्र अरुलाइ सम्झाउन सकिने बताए। उनले सबै केन्द्रीय सदस्यहरुले आगामी फागुन १ भित्र स्रोतसहित सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने प्रस्ताव समेत गरेका छन्।