तपाईहरुको जीविको पार्जनको आधारके हो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २२ २०८१
3.7K
SHARES

२२ पुस काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण माग गर्दै जीविकोपार्जनको आधार के हो भनि प्रश्न समेत गरेका छन् ।

आइतबारबाट राजधानी काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा प्रचण्डले आगामी आफ्ना नेताहरुलाई जीविकोपार्जनको आधार के हो स्पष्ट पार्न निर्देशन दिए।

फागुन १ गतेभित्र आफ्नो सम्पत्ति विवरणसहित जीविकोपार्जनको आधारसमेत बुझाउन भनेका प्रचण्डले पार्टी रुपान्तरणको लागि यो जरुरि भएको बताए। केन्द्रका नेताहरूबाट नै पहिला शुद्धीकरण आवश्यक रहेको प्रचण्डको भनाइ छ ।

प्रचण्डले सबै नेताहरूको आयस्रोत के हो ? कसरी बाँचेका छन् भन्ने विवरण उपलब्ध गराउनु पर्ने समेत आफ्नो राजनीतिक प्रस्तावमा उल्लेख गरेको एक केन्द्रिय सदस्यले जानकारी दिए।