माओवादी नेतृत्वको सरकारले २००७ साल पछि कुनै पनि सरकारले नगरेको काम गर्‍यो – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस २७ २०८१
4.3K
SHARES

२७ पुस पोखरा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २००७ साल पछाडि कुनै पनि सरकारले नगरेको काम आफ्नो पार्टी नेतृत्वको सरकारले गरेको दाबी गरेका छन् ।

माओवादी केन्द्र आँधिखोला गाउँपालिका समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले आफ्नो पार्टीले २००७ साल यता सबैभन्दा उत्कृष्ट काम गरेको दाबी गरेका हुन् ।

‘माओवादी नेतृत्वको सरकारले देशमा भ्रष्टचारहरुलाई कारवाही गर्न सुरु गरेको थियो । भ्रष्टाचार नियन्त्रण गर्न सुरु गरेको थियो । राज्य लुट्नेहरुको विरुद्ध ठूलाठुला कारवाही गरेको थियो । तर आफु पनि फसिन्छ भनेर कांग्रेस एमालेले हाम्रो सरकार ढाले’, उनले भने, ‘२००७ साल पछाडि कुनै पनि सरकारले नगरेको काम हाम्रो पार्टीको सरकारले गर्यो ।’