प्रहरीले भीरमा खसेका विदेशी पर्यटकको गर्‍यो उद्धार


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ४ २०८१
2.9K
SHARES

४ माघ काठमाडौँ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चिप्लिएर भिरमा खसी अल्झिरहेको अवस्थामा उनी फेला परेका थिए ।