नेकपा एसका सबै नेता कार्यकर्तालाई एमालेको ढोका खुला छ – महासचिव


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ४ २०८१
2.7K
SHARES

४ माघ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमालेमा ढोका खुला रहेको बताएका छन् ।समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीलगायतलाई प्रेस चौतारीमा स्वागत गर्दै नेकपा एसको अब भविष्य नरहेको दाबी गरे ।

उनले भने, ‘हामीले माधव नेपालको लागि ढोका खुला गरेका छैनौं । विश्वमणीजीलाई उहाँले गरेको कारवाहीको के अर्थ, चौतारीले दिएजस्तो सम्मान उहाँलाई दिने हो भने उहाँ नै आउनुहुन्छ । तर, उहाँले जे गल्ती गर्नुभएको छ । त्यो स्वीकार्य छैन ।’उनले माधव नेपालबाहेक अरु नेताहरुलाई स्वागत गर्न आफूहरु तयार नै रहेको बताए ।