चोरलाई चौतारो, साधुलाई सुली – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ ५ २०८१
2.1K
SHARES

५ माघ विराटनगर । वर्तमान सरकार ‘चोरलाई चौतारो र साधुलाई सुली चढाउने’ अभियानमा लागेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकामल दाहाल प्रचण्डले बताएका छन् ।

मोरङको ग्रामथानमा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैली ‘चोरलाई चौतारो र साधुलाई सुली’ भन्ने उखानसँग मिल्दोजुल्दो भएको बताएका हुन् ।

उनले यो उखान प्रयोग गर्नुअघि नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको नाम लिएका थिए । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको बताउँदै उनले अहिलेको सरकारले घिसिङलाई लखेटिरहेको बताए ।