पहिले पार्टी अनिमात्रै पदको कुरा हुन्छ – संयोजक गौतम


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ७ २०८१
2K
SHARES

७ माघ काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आज नेकपा एमालेमा फर्किँदैछन् ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा भएको छलफलपछि उनी आज एमालेमा प्रवेश गर्न लागेका हुन् ।

उनले भने, ‘म तयार भएर बसेको छु । उताबाट खबर आएको छैन ।’ एमालेमा तपाईँको भूमिका के हुन्छ ? भन्ने प्रश्नमा उनले पहिले पार्टी प्रवेश गर्ने त्यसपछि पदको कुरा गर्ने बताए । उनले भने, ‘पहिले पार्टी अनि मात्रै पदको कुरा हो । आजै प्रवेश गर्ने भन्ने कुरा हो । कति बेला जने भन्ने खबर आएको छैन खबर आएको छैन ।’

एकीकृत समाजवादीले एकताका नाममा अलमल्याएको र शंकाको दृष्टिले हेरेको भन्दै उनी एमालेमा जान लागेका हुन् । बामदेवको साथ छाडेका केही नेताहरू भने माओवादी केन्द्रमा जाने तयारी गरिरहेका छन् ।