नेप्से २६१३ मा कायम


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१
2.7K
SHARES

८ माघ काठमाडौं । मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ ।दिनभर बजारको उतारचढाव न्यून रह्यो । परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो ।१०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन बीमा सेक्टरमा आकर्षण देखिएको छ । जीवन बीमा १.१० र निर्जीवन बीमा १.७८ प्रतिशत बढ्यो ।

दुई पुनर्बीमा कम्पनी र टेलिकमको मूल्य बढ्दा अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो । विकास बैंक ०.१९, होटल तथा पर्यटन ०.७८, लगानी ०.७४, उत्पादन ०.८९, माइक्रोफाइनान्स ०.०३ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । हाइड्रोपावर ०.९२, फाइनान्स १.०३, बैंकिङ ०.३५ प्रतिशत घटे ।

मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.०६, न्यादी हाइड्रोपावरको ७.५३, सीएचडीसीको ६.९३, नेपाल पुनर्बीमाको ५.८२, हिमालयन पावर पार्टनरको ५.५४, मुक्तिनाथ कृषि कम्पनीको ४.७ तथा हिमालयन एभरेस्ट इन्स्योरेन्सको मूल्य ४.३२ प्रतिशत मूल्य बढ्यो ।रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशत घट्यो । मानुषी लघुवित्तको ६.७, तथा जानाकी फाइनान्सको ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सीएचडीसी, सप्तकोशी, नेपाल पुनर्बीमा, सुपरमादी तथा माथिल्लो मैलुङ क्रमशः अगाडि रहे ।