कुमारी बैंक र लुम्बिनी मेडिकल कलेजबीच छुट सम्झौता


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १० २०८१
2.4K
SHARES

१० माघ काठमाडौं । कुमारी बैंक र पाल्पाको लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबीच छुट सम्झौता भएको छ।सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा बैंकका ग्राहकलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयू, शल्यक्रिया तथा एक्सरे÷यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत बैंकले गरेको छ।