कांग्रेस-एमालेबाट नराम्रोसँग धोका खाएँ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १२ २०८१
1.9K
SHARES

१२ माघ रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरि विश्वास गर्न नसकिने अवस्थामा आफू पुगेको संकेत गरेका छन् ।

दाङको राप्ती गाउँपालिकामा राप्ती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो पटक आफूले नराम्रोसँग धोका खाएको र धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताएका हुन् ।सरकारमा जान हतारो नभएको भन्दै उनले आफू जनताको बिचमै रमाइरहेको दाबी गरे ।

माओवादीका जनप्रतिनिधिले जितेका स्थानीय तह उत्कृष्ट बन्न सफल भएको बताउँदै उनले काम गर्ने माओवादी नै हुने पुष्टि गरेको जिकिर गरे ।प्रचण्डले आफू सरकारमा हुँदा र सरकारबाट बाहिरिँदा पनि निरन्तर जनताको पक्षमा जोडिरहेको बताए ।

‘सरकारमा हुँदा र सरकारबाट बाहिर हुँदा पनि निरन्तर लडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने, ‘सरकार होइन, म जनतासँग रमाइराखेको छु ।’