सस्तियो सुन


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १३ २०८१
1.6K
SHARES

१३ माघ काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८८० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो।