२५ वर्षको लागि सिटिजन्स बैंकको घर कर्जा


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ १५ २०८१
4.4K
SHARES

१५ माघ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५ करोड सम्मको घर कर्जा लिएर आएको छ । २५  वर्षको लागि ७.९९ प्रतिशतमा व्याजदरमा उक्त घर कर्जा सावर्जनिक गरेको छ । बढ्दो सहरीकारण र गाउघरमा पनि व्यवस्थित पक्कि घर निर्माण गर्ने कार्य बढेकाले गर्दा उक्त कुरा ख्याल गर्दै बैंकले यहि उपयुक्त समयमा घर कर्जा सार्वजनिक गरेको हो ।

जनता र बैंक एक अर्काको परिपुरक सम्बन्धलाई जोड्ने माध्यम कर्जा हो । त्यसैले गर्दा जनताको अपेक्षा र मागलाई मध्नाजर गर्दै १८ वर्ष देखि कर्जा समाप्त हुदा ७५ वर्ष पुग्ने मानिस सम्मको लागि उक्त कर्जा ल्याएको छ । घर किन्नको लागि , घर मर्मत गर्नको लागि उक्त कर्जा उपलब्ध हुने छ । काठमाण्डौ उपत्यकाको लागि ४० प्रतिशत र बाहिरको लागि ५० देखि ७० प्रतिशतसम्म बजार मुल्यको आधारमा कर्जा उपलब्ध हुने छ ।

कर्जा लिनको लागि नेपाली नागरिक भइ रेगुलन कमाई श्रोत भएको हुनु पर्ने छ , नेपाल सरकारले तोके बमोजिम मापदण्ड पुरा गरेको सडकले घर वा जग्गा सम्म  पुगेको  हुने पर्ने छ , कमाई श्रोतको लागि व्यवसाय गरेको हो भने व्यवसाय गरेको कम्तिमा २ वर्ष पुरा गरेको हुनु पर्ने छ ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।