विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन – नेता ज्ञवाली


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १६ २०८१
2.1K
SHARES

१६ माघ रूपन्देही । नेकपा एमालेको राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाले बहस पाइरहेका बेला सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले त्यो उचित नभएको जनाएका छन् ।

प्रेस चौतारी रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रप्रमुख, उपप्रमुख पार्टीको सकृय राजनीतिमा आउनुलाई राम्रो नमानिने र एमालेले त्यो विषयमा कुनै छलफल नगरेको बताए ।

‘संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन, एमालेमा पनि केही चर्चा बजारमा सुनिएको छ, तर विद्या भण्डारी आफै नै राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन त्यो राम्रो पनि होइन’, उनले भने, ‘ सामान्य अवस्था एमालेलेमा त्यो संभव मैले देख्दैन, असामान्य अवस्थामा तत्काल सल्लाह हुने कुरा फरक हो, अध्यक्षको प्रतिस्पर्धा गर्ने गरी आउने भन्ने कुरा सत्य होइन अनुमान मात्रै हो ।’