सिंहदरबार पुगे रवि लामिछाने
१८ माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न पुगेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुन लागेको भेटमा लामिछानेले निलम्बन फुकुवाका लागि निवेदन पनि दिने बताइएको छ ।‘सभापतिज्यू अहिले सभामुखको कार्यकक्षमा हुनुहुन्छ । निवेदन फुकुवाका लागि निवेदन पनि उहाँले त्यही दिनुहुन्छ,’ रास्वपाका एक नेताले भने ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । यसअघि लामिछानेले संसदीय दलको कार्यालयमा पुगेर रास्वपाका सांसदहरूसँग भेट गरेका थिए । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेपछि संसद सचिवालयले लामिछानेलाई गत ८ पुसमा सांसद पदबाट निलम्बन गरेको थियो ।