गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्छ – सांसद सापकोटा


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
2.6K
SHARES

२० माघ काठमाडौं । नेपाली काँग्रेसकी राष्ट्रियसभा सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन) लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छिन्।राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग जिकिर गरिन्।

एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने उनको भनाइ छ। सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको सापकोटाको भनाइ छ।