नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण विधेयक संसद्मा दर्ता
२० माघ काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ संसदमा दर्ता भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले छुट्टा छुट्टै दुई वटा विधेयक प्रतिनिधि सभाको सचिवालयमा दर्ता गराएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नियामक र सेवा प्रदायक सम्बन्धी दुवै प्रकारका कार्य सम्पादन गर्दै आएको थियो । अब त्यसलाई फरक बनाउनका लागि छुट्टा छुट्टै विधेयक ल्याइएको मन्त्री पाण्डेले विधेयकको ल्याउनुको उद्देश्यमा उल्लेख गरेका छन् ।