नेपालमा केही गर्छु भन्दा विभिन्न नाममा विरोध हुनु दुखद् – अध्यक्ष ढकाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २४ २०८१
2.4K
SHARES

२४ माघ काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङको पाथीभरा   (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण भैरहेको केबलकार विवादबारे बोलेका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उ्द्घाटन कार्यक्रममा उनले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुखद् भएको बताए पाथीभरा केवलकार प्रकरणमा भइरहेका विरोधका विषयमा बोल्दै उनले  विकासलाई  राजनीति र धर्म भन्दा माथि राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरे ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले  रोजगारको अवसर सिर्जना गर्न सबैजना एक भएर नलागे सन्नतीहरु पछुताउने वातावरण रहेको बताए । उनले भने, ‘नेपालमा रोजगारी दिने कुरा, अवसर बनाउने कुरा बैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोक्न एकमत भएर लागेनौं भने भोलि हाम्रा सन्नतीहरु पछुताउने वातावरण बाहेक अरु केही हँुदैन ।’

उनले पाथीभराको केबुलकार निर्माणको विषयमा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको बताए । उनले केबुलकार निर्माण गर्दा सबै धर्मलाई प्रोत्साहन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने पनि बताए । उनले भने,‘बिकास निर्माणका हिसाबमा धर्मको नाममा लागेर नकरात्मक प्रचार नगरौं । पाथीभराको केबुलकार निर्माणको कुरामा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको छ । केबुलकारले सबै धर्मलाई प्रोत्साहन गर्छ, रोजगारीको अवसर सिर्जना गर्छ ।’

उनले पवित्र उद्देश्यले काम गर्दा पनि आफूलाई वदनाम गराउन खोजिएको भन्दै चिन्ता व्यक्त गरे । ‘केही मान्छेहरु आफ्नो लोकप्रियताका लागि मेरो बदनाम गराउन खोजिरहेका छन् । म अत्यन्तै चिन्तित छु । पाथीभराका विषयमा मेरो उद्देश्य पवित्र छ,’ उनले भने ।