पार्टी ३२ सीटमा आइसक्यो, अब पनि गुट बनाउने – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २६ २०८१
3.5K
SHARES

२६ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा गुटबन्दी बढ्दै गएको स्वीकारेका छन् । पार्टीको पाल्पास्थित तानसेन नगर समितिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीमा विधि, पद्धति सामूहिकताको निर्णय अन्त्य हुँदै गएको बताए ।

उनले भने, ‘व्यक्तिवाद बढ्दै गइरहेको छ । पार्टी अध्यक्षदेखि सबै नेता कार्यकर्ताले मान्ने विधि र पद्धति एउटै हुनुपर्‍यो । विधान लागू गर्नेपर्छ । सामूहिकतामा काम गर्नुपर्छ । व्यक्तिले भनेर हुँदैन कमिटीले काम गर्नुपर्छ । व्यक्तिवाद र गुटवाद धेरै झाँगिएका छन् । पार्टीभित्र अन्तरसंघर्ष हुनसक्छ । वैचारिक संघर्षले पार्टीले फाइदा नै गर्छ, तर व्यक्तिगत स्वार्थको लागि झुण्ड र गुट बनाउनाले पार्टी बन्दैन । कसैले फरक मत राख्यो भने अपेक्षा गर्न हुँदैन । निषेध गर्न त मिल्दैन । गुट चलेका छन् । त्यसलाई हामीले स्वीकार्य गर्न हुँदैन ।’