२ अर्ब १९ करोड लगानी गर्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २७ २०८१
2.7K
SHARES

२७ माघ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको छ।राष्ट्र बैंकको उपदान तथा पेन्स कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले कुल रकममध्ये १ अर्ब ७५ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, ३२ करोड ८५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १० करोड ९५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जसअनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ २९ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।यो मुद्दति निक्षेप २०८१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।