रुकुमपश्चिमको गाउँपालिकामा बम भेटियो


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २७ २०८१
1.3K
SHARES

२७ माघ काठमाडौं । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ। वडा नम्बर ६ बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा आइतबार बिहान बम फेला परेको हो।

वडा अध्यक्ष भद्रबहादुर शेर्पालीले जङ्गलको खोल्सामा बम भेटिएको सूचना दिए पश्चात प्रहरी चौकी झुन्नेटाबाट र चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले घटनास्थल सुरक्षित गरिएको र बम डिस्फोजल टोली घटनास्थल पुगिसकेको जानकारी दिए। उक्त बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताइएको छ।