देश र जनताप्रति घात नगरे राष्ट्रियसभाबाट अध्यादेश पास हुँदैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २८ २०८१
2.5K
SHARES

२८ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई लक्षित गर्दै देश र जनताप्रति घात नगरी आफ्नो एजेण्डामा उभिए सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पास नहुने बताएका छन् ।महोत्तरीको बर्दिबासस्थित आधारशीला जनकम्युनको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित वैचारिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसपा नेपाल आफ्नो अडानमा टिके सरकारमाथि गम्भीर नैतिक प्रश्न खडा हुनेवाला रहेको बताए ।

उनले भने, ‘सरकारले अध्यादेश राष्ट्रियसभा र प्रतिनिधिसभामा टेबुल गरेको छ । राष्ट्रियसभामा गाँठा परेर बसेको छ । मधेशी जनताको हितको कुरा गर्ने, पहिचान र अधिकारको कुरा गर्ने, लोकतन्त्र, गणतन्त्र र संघीयताको कुरा गर्ने दलले जनताप्रति घात नगर्ने हो र आफ्नो एजेण्डाप्रति इमानदार भए राष्ट्रियसभाबाट पास हुनेछैन । यसै पनि जनतामा प्रश्न त खडा भएकै छ । जनतामा सरकारप्रति देखिएको वितृष्णा देखिएको छ, अब पारित नहुने स्थिति बन्दा जे होला हामी विपक्षहरु सदन र सडकबाट सामाजिक न्याय र सुशासनको पक्षको अभियान चलाउँदैछौं ।’