अब चुनावमा गठबन्धन गरौं भन्ने आँट कसैले राख्दैन – गगन थापा


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २८ २०८१
1.6K
SHARES

२८ माघ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को चुनावमा गठबन्धन गरौं भन्ने व्यक्ति पार्टीमा नरहने बताएका छन् ।चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब चुनावी गठबन्धन गरौं भन्ने आँट पार्टीमा कसैले नराख्ने बताए ।

उनले भने, ‘कुनै बेला म एक्लै थिएँ । २०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ, त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेको, सकेनौं। अब सिंगो पार्टी आयो ।’

महामन्त्री थापाले निर्वाचन आयोगले छलफल चलाइरहेको १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने प्रस्तावलाई समर्थन जनाए

पार्टीको प्रत्यक्ष उम्मेदवारले पाएको मतलाई नै समानुपातिकको मत मान्ने भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै नगर्ने उनको भनाइ छ ।