नेपाल भ्रष्टाचारको सूचकांकमा १०७औं स्थानमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१
2.7K
SHARES

२९ माघ काठमाडौं । विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपालले आफ्नाे झिनाे स्थान सुधार गरेकाे छ ।व्याप्त भ्रष्टाचार हुने मुलुककाे सूचीमा रहेकाे नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा परेको हो ।भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेकाे भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान तल झरेको छ ।

गत वर्ष नेपाल ३५ अंक पाएर १०८औं स्थानमा थियो । विश्वभर एकैपटक सार्वजनिक गरिएकाे प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ ।भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरि विश्वकाे सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रूपमा रहेकाे छ ।भने साउथ सुडान ८अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।