लुम्बिनी र गण्डकीका मुख्यमन्त्री पाल्पाको रानीमहलमा


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ३० २०८१
2.1K
SHARES

३० माघ रुपन्देही। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्री पाल्पाको रानीमहलमा छलफलका लागि जुटेका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई प्रदेशका दुई ठूला विवादलाई थाती राखेर अन्य विषयमा छलफलका लागि जुटेको आचार्यका निजी सचिव कुशल भुसालले जानकारी दिए ।

छलफलमा दुई प्रदेशमा रहेका दुई मुख्य विवादमध्ये लुम्बिनी प्रदेशमा ल्याउन लागिएको कालीगण्डकी तिनाउ डाइभर्सन र अहिले लुम्बिनी प्रदेशमा रहेको भारतसँग सीमा जोडिएको सुस्ता क्षेत्र गण्डकीमा राख्नुपर्ने मागका विषयले पनि प्रवेश पाउने अपेक्षा गरिएपनि त्यो विषय औपचारिक एजेण्डामा नराखिएको हो ।

दुई प्रदेशको द्वन्द्व बढाएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना हो । यसको विरोध गरेर सर्वोच्च अदालतमा पुगेको यो परियोजनालाई उसले नै अगाडि बढाउन बाटो खुला गरिदिइसकेको छ ।