जनयुद्धकै कारण सम्भव भएको तथ्यलाई कसैले इन्कार गर्न मिल्दैन – नेता नारायणकाजी


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१
2.1K
SHARES

१ फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको तथ्यलाई कसैले इन्कार गर्न नमिल्ने बताएका छन् ।

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि भएको सशस्त्र सङ्घर्षका सन्दर्भमा शुभकामना दिँदै भनेका छन्, ‘समग्र जनयुद्ध र यसको विभिन्न पाटापक्षका बारेमा देशभित्र र बाहिर विभिन्न कोणबाट अध्ययन , अनुसन्धान , छलफल , बहस , टिप्पणी लामो कालसम्म भई नै रहनेछन् । यो स्वाभाविक छ ।’

नेपाली समाजका सबै उत्पीडित वर्ग र समुदायमा आफ्नो मुक्तिको निम्ति व्यापक चेतना तथा जागरणको विस्तार र आज संस्थागत भएको ऐतिहासिक परिवर्तन तथा उपलब्धिका निम्ति माओवादी जनयुद्धको नै मुख्य भूमिका रहेको बताए ।