जनयुद्ध मेटाउन खोज्नेहरू खरानी हुन्छन् – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१
3.5K
SHARES

१ फागुन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’ लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने बताएका छन् ।

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि भएको सशस्त्र सङ्घर्षका सन्दर्भमा विहीबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने भन्दै यसलाई कसैले मेट्ने प्रयास गरे खरानी हुने बताएका हुन् ।