एनजीओले स्वीकृत गराए १८ अर्बभन्दा बढीका परियोजना
२ फागुन काठमाडौं । गैरसरकारी संस्था (एनजीओले) पछिल्लो ६ महिनामा नेपालमा १८ अर्ब रुपैयाँभन्दा बढीका परियोजना स्वीकृत गराएका छन् । उनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा समाज कल्याण परिषद्बाट ती परियोजना स्वीकृत गराएका हुन् ।
“२०८१ साउनदेखि पुस मसान्तसम्ममा एनजीओले एक हजार १६५ परियोजनामा १८ अर्ब ८ करोड रुपैयाँबराबरको बजेट स्वीकृत गराएका छन्,” समाज कल्याण परिषद्को योजना तथा कार्यक्रम विभाग प्रमुख एवं कायममुकायम निर्देशक सञ्जयकुमार मल्लिकले भने ।
नेपालमा ५८ हजारभन्दा बढी एनजीओ दर्ता छन् । सक्रिय भने १० हजारको हाराहारीमा मात्र रहेका उनले बताए ।