त्रिशूलीमा खसे मोटरसाइकल चालक
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, फाल्गुन २ २०८१
2.5K
SHARES
२ फागुन काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डबाट एक मोटरसाइकल चालक त्रिशूली नदीमा खसेका छन् । इच्छाकामना गाउँपालिका–५, कालीखोलास्थित डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक त्रिशूलीमा खसेका हुन् ।
नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०६–०२प९२०४ नम्बरको मोटरसाइकल शुक्रबार (फागुन २) दिउँसो डिभाइडरमा ठोक्किएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट