सत्तापक्षीय ७ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन ४ २०८१
2K
SHARES
४ फागुन काठमाडौँ । सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठक एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने सत्ता साझेदार दलका प्रमुख सचेतकहरुबीच सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाउन बैठक बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
शनिवार बसेको सत्ता साझेदार दलहरूको शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट