छोटो सडकमार्ग डेढ महिनालाई बन्द


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१
2.6K
SHARES

५ फागुन हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने सबैभन्दा छोटो सडकमार्गको रूपमा रहेको हेटौंडा-चखेल-मातातीर्थ सडक ४५ दिन बन्द हुने भएको छ । उक्त सडक स्तरोन्नति तथा मर्मतका लागि डेढ महिना बन्द गर्न लागिएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ को कार्यालयले आइतबारदेखि आगामी चैतको २१ गतेसम्म उक्त सडक हुँदै आउने जाने सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ ।

इन्द्रसरोवर गाउँपालिका-५ को महालक्ष्मी सडकको मोडहरूमा ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिए ।